+
+

सरकारले आशा जगाउन नसक्ने संशय पैदा भएको छ : गोविन्दराज पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १३:१२

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले वर्तमान सरकारले सय दिनको अवधि पार नगर्दै समाजमा आशा जगाउन नसक्ने संशय पैदा भएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आइतबार बोल्ने क्रममा पोखरेलले मन्त्रिपरिषदमा पठाएका व्यक्ति, मधेश मन्त्रिपरिषद्को आकार, सरकारले गरेका नियुक्ति र व्यापक सरुवाले सरकारको आलोचना भएको बताएका हुन् ।

पार्टी बैठकमा उनले भने, ‘जनताको भावना अनुसार सुधारिएर काम नगर्ने हो भने हामीले श्रीलंका र बंगलादेशको नियति भोग्न नपर्र्ला भन्न सकिँदैन ।’

योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पोखरेलले अर्थतन्त्र बाह्य क्षेत्रमा केही सुधारिएको भए पनि धेरै क्षेत्रमा सुधार हुन नसकेको बताए । ‘बैंकसँग खुद ऋण दिन सकिने रकम साढे ४ खर्बभन्दा बढी छ । तर, बढ्दो कालोसूची र न्यून लगानी वातावरणले गर्दा बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह हुन सकेको छैन,’ पोखरेलले भने ।

नेपालमा आयकर दर छिमेकी देशको तुलनामा बढी रहेको पोखरेलले बताए । एक करोड कमाउने व्यक्तिले ३९ लाख कर तिर्नु व्यावहारिक नभएको उनले बताए ।

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आइतबार पोखरेलले राखेको धारणा :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?