+
+

मावि तहको शिक्षक लाइसेन्सको आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १५:१०

२७ साउन, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को आवेदन खुला गरेको छ ।

आयोगले शनिवार खुलाएको विज्ञापन अनुसार इच्छुक तथा योग्य उम्मेदवारले १३ भदौसम्म नियमित र ३० भदौसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

अध्ययन अनुमतिपत्रको लागि आयोगले १० कात्तिक दिउँसो १ बजेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सम्बन्धित जिल्लाहरुमा हुने लिखित परीक्षा एकै दिन एकै समयमा हुने भएको भन्दै जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो, दरखास्त फारममा सोही प्रदेश छनोट गर्न आयोगले अनुरोध गरेको छ ।

आयोगले आवेदकको अनलाइन फारम भर्न सहज पहुँचका लागि क्यूआर समेत सूचनामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?