+
+

सेल्सबेरीको ‘लक्की ड्र’ योजना : कृतिले जितिन् एमजी कोमेट कार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १४:११

काठमाडौं । सेल्सबेरीले सञ्चालन गरेको ‘लक्की ड्र’ योजना को विजेता बन्दै सीतापाइलाकी कृति नकर्मीले एमजी कोमेट कार जितेकी छन् ।

काठमाडौंको महाराजगञ्जमा सेल्सवेरी टावर र कालीमाटीमा ट्रेड सेन्टर सुरुवातको घोषणा गर्दै कम्पनीले ‘लक्की ड्र’ योजना सञ्चालन गरेको थियो ।

२६ साउनमा कम्पनीले गोला प्रथामार्फत विजेता घोषणा गर्दा नकर्मी बम्पर विजेता बन्दै कार जित्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विनायक कोलोनीकी रोश्ना ताम्राकारले प्रथम पुरस्कारको रूपमा इलेक्ट्रिक स्कुटर जित्दा भैंसेपाटी आवास गेट बस्ने वर्षा श्रेष्ठले दोस्रो पुरस्कारको रूपमा सामसङ टीभी जितेका छन् ।

यसैगरी मुलपानीका रोशन राईले ओभन, सातदोबाटोका सुनिल जैसवालले इलेक्ट्रिक राइस कुकर र लामाचौरकी अर्पना भण्डारीले हट पोट जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?