+
+

सरकारले आशा जगाउन नसके जनतामा निराशा थप बढ्छ : अजयबाबु शिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १५:४१

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस र एमालेको वर्तमान सरकारले आशा सञ्चार गर्न नसके जनतामा व्याप्त निराशा थप बढ्नेप्रति नेतृत्वलाई सचेत गराएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा शिवाकोटीले एक अर्काविरुद्ध विगतमा राजनीतिक आरोप प्रत्यारोप गरेको रेकर्डेड रहेको बताए ।

‘यही बैठकमा हिजो एक अर्काविरुद्ध गरिएका आरोप प्रत्यारोपको बारेमा प्रष्ट पार्नुपर्ने मत पनि आएको छ,’ शिवाकोटीले भने, ‘आज सरकारमा सँगै आएका कारण मात्र हाम्रो धारणालाई त्याग गर्नुपर्छ भन्ने हो भने त्यो अरुले अरु नै कोणबाट उठाएर हाम्रै विरुद्ध प्रयोग गर्ने खतरा पनि छ ।’

पार्टी महाधिवेशन भएको ३ वर्ष पूरा हुने क्रम रहेकाले अर्को महाधिवेशनका लागि समयबद्ध कार्यतालिका ल्याउनुपर्ने माग गरे ।

पार्टीमा टिकट वितरणको लागि आन्तरिक कार्यसम्पादन गर्नुपर्ने शिवाकोटीको तर्क छ । ‘चुनावअघि गठवन्धन गर्ने कि नगर्ने भन्ने विषय महासमितिले टुंगो लगाइसक्यो । वैशाखीको सहारामा होइन आफ्नै बलबुतामा उभिएर प्रतिस्पर्धा गर्ने पार्टी हामीलाई चाहिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?