+
+

३. ८ गुणा नाफा बढाएको साहस ऊर्जाको प्रतिसेयर आम्दानी करिब १२ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते ९:४०

२८ साउन, काठमाडौं । साहज ऊर्जा कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ४४ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो विद्युत् बिक्री आम्दानी जम्मा ६१ करोड थियो ।

विद्युत् बिक्री आम्दानीमा उच्च वृद्धि हुँदा कम्पनीको नाफा पनि बढेको छ । यस कम्पनीले गत आर्थिक वर्ष ४१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १० करोड ७१ लाख रुपैयाँ थियो ।

कम्पनीको नाफा तेस्रो त्रैमासको तुलनामा भने घटेको देखिन्छ । गत आवको तेस्रो त्रैमाससम्म ४७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । आयोजनाको लागत र प्रशासनिक खर्च बढ्दा तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा नाफा घटेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३३ पैसा छ । यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुखोला (दुधकोशी)मा ८६ मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९४ रुपैयाँ छ । अघिल्लो दिन कम्पनीको मूल्य ६ प्रतिशत बढेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?