+
+

डिभोर्सको चर्चाबीच औंठी देखाउँदै अभिषेकले भने- म अझै विवाहित हुँ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १४:०७

काठमाडौं । बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धमा दरार आएको खबरले यतिबेला बलिउड गर्माएको छ । धेरै पहिलेदेखि यसबारे हल्ला चलिरहेको बेला थियो । केही दिनअघि सार्वजनिक एआई जेनेरेट डीपफेक भिडियोले भने यो हल्लालाई झनै बल पुग्यो ।

जुलाईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा अभिषेक र ऐश्वर्या छुट्टाछुट्टै पुगेका थिए । उनीहरु एक्लै बसेकाले पनि सम्बन्ध विच्छेदको खबरले गति लिन थाल्यो ।

यतिबेला एआई जेनेरेट गरिएको डीपफेक भिडियो भाइरल भएपछि अभिषेकले सम्बन्ध विच्छेदको खबरबारे मौनता तोडेका छन् । हालै बलिउड युके मिडियालाई दिएको अन्तर्वार्तामा अभिषेकले विवाहको औंठी देखाउँदै भने, ‘म अझै विवाहित छु ।’

उनले अगाडि भने, ‘मैले तपाईंहरु सबैलाई भन्नु केही छैन । तपाईं सबैले यो मुद्दालाई बढाइचढाइ गर्नुभयो । मलाई राम्रोसँग थाहा छ किन तपाईंहरु यस्तो गर्दै हुनुहुन्छ ? तपाईंले एउटा स्टोरी लेख्नुपर्छ । ठीक छ, हामी सेलिब्रेटी हौं । हामीले यसलाई सहन सक्नुपर्छ ।’

भिडियोमा अभिनेताले डिभोर्सको घोषणा गरेको देखियो

हालै सामाजिक सञ्जालमा अभिषेकको एक भिडियो भाइरल भएको छ । अभिषेक बच्चनको फ्यान पेजबाट सेयर गरिएको यो भिडियोमा उनले डिभोर्सको घोषणा गरेको देखिएको छ ।

भिडियोमा उनले भनेका थिए, ‘यो जुलाईमा ऐश्वर्या र मैले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छौं । पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेन । तर आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु ।’

त्यो भाइरल भिडियोलाई एआईबाट सिर्जना गरिएको हो । यदि तपाईंले नजिकबाट हेर्नुभयो भने भिडियोमा अभिषेकको लिपसिंक उनको अडियोसँग मेल खाँदैन । भिडियोलाई डिपफेक बनाउन छेडछाड गरिएको थियो । जब भिडियो भाइरल भयो, उनी पेरिस ओलम्पिक-२०२४ मा भारतीय खेलाडीलाई प्रोत्साहन गरिरहेका थिए ।

सम्बन्ध विच्छेदको खबर किन फैलियो ?

जुलाईमा अभिषेक परिवारसँग अनन्त-राधिकाको विवाह समारोहमा पुगेका थिए । रेड कार्पेटमा बच्चन परिवार उपस्थित थियो । तर ऐश्वर्या र छोरी आराध्या उपस्थित थिएनन् ।

अभिषेक आएको केही समयपछि ऐश्वर्या आफ्नी छोरीसँग रेड कार्पेटमा पुगिन् र पापाराजीका लागि पोज दिइन् । छुट्टाछुट्टै इन्ट्री लिनुका साथै बिहेको सम्पूर्ण अवधिमा उनीहरु सँगै देखिएनन् । यसपछि ऐश्वर्या राय आफ्नी छोरीसँग छुट्टी मनाउन गइन्, त्यतिबेला पनि अभिषेक उनीसँगै थिएनन् ।

अभिषेक र ऐश्वर्याको विवाह सन् २००७ मा भएको थियो । यो विवाहबाट दम्पतीको एक छोरी आराध्या छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?