+
+

‘ज्वाइँ साब’ पनि फूलपातीमा, पोस्टरमा यस्तो देखियो जितु र नीतिको जोडी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते ११:४४

काठमाडौं । वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै दसैं फूलपाती अर्थात् असोज २४ गतेलाई रिलिज डेटको रुपमा तय गरेका हुन् ।

उक्त मितिमा ‘छक्कापञ्जा ५’ समेत रिलिज हुँदैछ । ‘ज्वाइँ साब’लाई उक्त मितिमा देशभरका हलमा रिलिज गर्ने जानकारी निर्माताले गराएका छन् । एक गीतको सुटिङ बाँकी छ ।

अहिले यो फिल्म सम्पादनको चरणमा छ । दसैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माता देखिन्छन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार फिल्मको शीर्ष भूमिकामा अभिनेता जितु नेपाल छन् ।

उनको अपोजिटमा अभिनेत्री नीति शाह देखिनेछिन् । साथमा, यो फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय हुने जनाइएको छ ।

प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाह गरेर फूलपातिमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?