+
+

१ किलो कोकिनसहित २ विदेशी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १९:०९

२९ साउन, काठमाडौं । १ किलो १०४ ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ गरेका छन् ।

तान्जानियाका नागरिक ५८ वर्षीय जुमा अबदुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी टेसोपेई पक्राउ परेका हुन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

सोमबार नयाँ बानेश्वरस्थ्ति एक होटलबाट तान्जेनियन नागरिक मजीलाई कोकिनसहित प्रहरीले पक्राउ गरेको थियो । उनको झोलाबाट ८० थान क्याप्सुलको रुपमा ल्याइएको कोकिन बरामद भएको थियो ।

उक्त कोकिन बुझ्न आएकी भारतीय नागरिक टेसोपेई पनि पक्राउ परेकी थिइन् । कोकिन बुझेर भारतसम्म पुर्‍याउने जिम्मा उनको रहेको प्रहरीले जनाएको छ ।

बरामद कोकिनको अवैध बजार मूल्य ३ करोड ८७ लाख रहेको छ । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐनको कसुरमा अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?