+

एएफसी च्यालेन्ज लिग : भुटानको पारोसँग चर्च ब्वाइज पराजित

२०८१ साउन  २९ गते १९:५७ २०८१ साउन २९ गते १९:५७
एएफसी च्यालेन्ज लिग : भुटानको पारोसँग चर्च ब्वाइज पराजित

२९ साउन, काठमाडौं । अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कप प्लेअफ खेलमा भुटानको पारो एफसीसँग २-१ ले पराजित भएको छ ।

खेलअघि पानी परेपछि हिलाम्मे बनेको दशरथ रंगशालामा भएको खेलमा लकेन लिम्बुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो ।

तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन गर्द‌ै जित निकालेको हो ।

जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ भने महादेशीय क्लब प्रतियोगितामा डेब्यु गरेको चर्च ब्वाइज बाहिरिएको छ ।

भुटानी क्लबले सिनियर स्तरमा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

पहिलो हाफमा मैदानको अवस्थाका कारण खेलाडीहरुलाई खेल्न कठिन हुँदा पारोले गोल गर्ने दुई अवसर गुमाएको थियो । पहिलो हाफमा पारोको दुई प्रहार पोष्टमा लागेर फर्केको थियो ।

खेलको नवाैं मिनेटमा पारोका किङ्गा वाङ्चुकको क्रस चर्च ब्वाइजका खेलाडीले क्लियर गर्न नसक्दा विलियम ओपोकुले बक्स भित्रबाट हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो र पारोले अग्रता लिने अवसर गुमाएको थियो ।

यस्तै ३१ मिनेटमा केसुके होन्डाले करिब २५ यार्डबाट हानेको फ्रिकिक पनि पोष्टमा लागेर फर्कँदा पारो दोस्रो पटक अग्रता लिनबाट बञ्चित भएको थियो ।

खेलको ३८ मिनेटमा लकेन लिम्बुले गोल गर्दै घरेलु टोली चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लकेनले सिक्स यार्ड बक्सबाट गोल गरेका हुन् । तर उक्त अग्रता लामो समय टिकेन ।

पारोका लागि किङ्गा वाङ्चुकले ४० मिनेटमा बराबरी गोल फर्काए । चर्च ब्वाईजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गरका हुन् ।

नियमित कप्तान किन्ले वाङ्चुक बेन्चमा राख्दै पारो जापानी खेलाडी केसुके होन्डाको कप्तानीमा मैदान उत्रेको थियो ।

तीन पटक विश्वकप खृलपसकेका होन्डाको जादु पहिलो हाफमा देखिएन । उनको फ्रिकिक प्रहारमा पोष्ट बाधक बन्यो ।

पारोले होन्डाको कप्तानीमा पहिलो रोजाईँमा ९ विदेशी खेलाडी मैदान उतारेको थियो भने चर्च ब्वाईजमा ३ विदेशी खेलाडी मात्र खेलेका थिए ।

दोस्रो हाफमा दुवै टोलीले खेलमा सुधार गर्दै आक्रमक खेल खेलेका थिए । दोस्रो हाफको सुरुवाती १५ मिनेट चर्च ब्वाईजले दबाब बनाएको थियो ।

५६ मिनेटमा चर्च ब्वाईजका सनिश श्रेष्ठले बक्स बाहपरबाट हानेको भलिल प्रहार पारोका किपर मिलोस क्युपिकले मुश्किलले बचाए ।

६६ मिनेटमा पारोका विलियम ओपोकुले गोल गर्दै पारोलाई २-१ को अग्रता दिलाए ।

पारोका किपर मिलोस क्युपिकले हानेको लामो बल चर्च ब्वाईजका डिफेण्डरले बचाउन नसक्दा अनमार्क रहेका ओपोकुले शानदार गोल गरेका हुन् । ओपोकुले यसअघि नृपालमा ए डिभिजन लिग र नृपाल सुपर लिग खेलिसकेका हुन् ।

उनले नेपालमा खेलेको अनुभवलाई यस खेलमा सदुपयोग गरे ।

त्यसपछि चर्च ब्वाइजले खेलमा फर्कने प्रयास गरेपनि सफल भएन । ८३ मिनेटमा वैकल्पिक खेलाडी सञ्जीव विष्टले हानेको प्रहार पारोका किपर मिलोस क्युपिकले डाइभ गर्दै उत्कृष्ट बचाउ गरे ।

८९ मिनेटमा मोसेस ग्याबाले दायाँ भागबाट हानेको प्रहार सेकेण्ड बार छेउबाट बाहिरियो ।

पाँच मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा चर्च ब्वाइजका रोहन कार्कीको लामो क्रसमा मोस्स ग्याबाले बक्स भित्रबाट हानेको हेडर थोरै माथिबाट बाहिरिँदा बराबरी गर्नबाट चुकेको थियो ।

चर्च ब्वाइज क्लब पारो
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय