+

पारोका प्रशिक्षक भन्छन् : यो जितले भुटानी फुटबलमा ठूलो अर्थ राख्छ

२०८१ साउन  २९ गते २०:४७ २०८१ साउन २९ गते २०:४७
पारोका प्रशिक्षक भन्छन् : यो जितले भुटानी फुटबलमा ठूलो अर्थ राख्छ

२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिगमा मंगलबार नेपाली क्लब चर्च ब्वाइज क्लबलाई पराजित गरेपछि भुटानी क्लब पारो एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ ।

प्रशिक्षक पुष्पलाल शर्माले यो जितले भुटानी फुटबलमा ठूलो अर्थ राख्ने बताए । ‘यो जितले भुटानी फुटबलमा धेरै ठूलो अर्थ राख्छ । अब दुई तीन वर्ष समस्या हुँदैन’, उनले भने ।

यो प्रतियोगिताका लागि पारोले जापानी स्टार खेलाडी होण्डासहित धेरै विदेशी खेलाडी अनुबन्ध गरेको थियो । त्यही कारण नतिजा आफ्नो पक्षमा आएकव प्रशिक्षक शर्माले बताए । ‘हामीले विगतमा धेरै प्रयास गर्‍यौं भुटानको खेलाडीबाट । तर चार पटक पनि सफल नभएपछि विदेशी खेलाडी ल्याएर खेल्यौं’, उनले भने ।

एएफसी च्यालेन्ज लिग चर्च ब्वाइज क्लब प्रशिक्षक पुष्पलाल शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय