+
+

प्रेस चौतारीको भवन बनाउन सेन्ट्रल कलेजले दियो २ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १५:०२

२९ साउन, चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले कलेजको १६ औं वार्षिकोत्सवको अवसर पारेर रकम सहयोग गरेका हुन् ।

प्रिन्सिपल पौडेल भवन निर्माणमा स्थलमै पुगेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दै प्रिन्सिपल पौडेलले चौतारीको बन्दै गरेको भवनले पत्रकारहरुको संस्थागत विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गरेकोमा चौतारी चितवनको तर्फबाट धन्यवाद दिए ।

समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डै ७० लाख पर्ने १० धुर जग्गामा अहिले तीन तलाको भवन बनिरहेको छ ।

भवनका लागि आर्थिक सहयोग जुटाउन चौतारी चितवनले २०७९ सालमा वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।

भवनको भुईं तलामा कार्यालय कक्ष, पहिलो तलामा हल र तेस्रो तलामा आवासीय सुविधासहितका कोठाहरु रहने अध्यक्ष पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?