+
+

घोराही सिमेन्ट नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १०:०९

३० साउन, काठमाडौं । घोराही सिमेन्ट गत आर्थिक वर्ष नोक्सानीमा गएको छ । सार्वजनिक गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नोक्सानी १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा थियो ।

निर्माण क्षेत्रमा देखिएको मन्दीको प्रभावले कम्पनीको बिक्री आम्दानी नै घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ६२ करोड रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ४७ करोडमा झरेको छ ।

समग्रमा बैंकिङ ब्याजदर घट्दा पनि कम्पनीको वित्तीय लागत भने ७९ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ४२ करोड ४९ लाख रुपैयाँ वित्तीय लागत रहेकोमा गत आर्थिक वर्ष यो ७६ करोड १७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा छ ।

बजारमा सिमेन्टको मागभन्दा उत्पादन धेरै भएकाले प्रतिस्पर्धा बढेको, बिक्रीदर घटेको र लागतमा भएको वृद्धिले आम्दानी घट्न गएको घोराहीले विवरणमा स्पष्ट पारेको छ ।
४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा ४ अर्ब ९२ करोड रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?