+
+

फिल्म ‘घर नम्बर २’ को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १२:३२

काठमाडौं । छायांकन नसकिंदै दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नम्बर २’ ले प्रदर्शन मिति तय गरेको छ । निर्देशक खनालले सामाजिक सञ्जाल मार्फत बुधबार यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार यो सोसल ड्रामा माघ ११ गतेदेखि नेपालसहित प्रमुख अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन हुनेछ । अहिले छायांकनको धपेडीमा रहेका निर्देशक खनालले वितरकसँगको सल्लाह बमोजिम प्रदर्शन मिति तय गरिएको बताए ।

साउन २५ गतेदेखि फिल्मको छायांकन चलिरहेको छ । छायांकन तालिका एक महिना चल्नेछ । बुद्धि सागरले लेखेको पटकथामा बनिरहेको फिल्मको छायांकन काठमाडौं उपत्यका वरपर हुने जनाइएको छ ।

फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सिर्जना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय छ ।

फिल्ममा सामाजिक विषयवस्तुलाई रोचक तरिकाले पेश गरिने निर्देशक खनालले बताए । कृष्णबहादुर थापाको छायांकन रहेको फिल्म ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको छ । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?