+
+

मोरङमा छावा मृत्युको कारण विद्युतीय धराप, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १३:०५

३० साउन, विराटनगर  । मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा मृत भेटिएको हात्तीको बच्चा (छावा) विद्युतीय धरापका कारण मरेको खुलेको छ ।

मंगलबार बिहान स्थानीय विनोद थापाको टिक (एक प्रकारको रुख) बगानभित्र अन्दाजी २-३ वर्षको पोथी छावा मृत फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युती धरापमा परेर हात्ती मरेको देखिएको सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रले जानकारी दिए ।

पासो थापेको आरोपमा बेलबारी नगरपालिका–३ का ४६ वर्षीय तेजबहादुर राईलाई पक्राउ गरी कारवाहीका लागि वन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नतले जानकारी दिए ।

राईविरुद्ध वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान सुरु गरेको छ ।

छावा मृत फेला परेको घटनास्थल राईको घरदेखि लगभग २० मिटरको दुरीमा छ । घरमा पालेका कुखुरा न्याउरीमुसोले खाएर दु:ख दिएपछि न्याउरी मार्नका लागि पासो थापेको देखिएको बस्नेतले बताए ।

पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा-६ मा गत ३० जेठमा भाले छावा मृत भेटिएको थियो ।

१६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती मृत फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?