+
+

टीआरसी विधेयकबारे प्रधानमन्त्री : सहमतिका साथ प्रभावकारी आयोग बनाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १३:३५

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए ।

प्रतिनिधिसभाको कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको र आजै संसदले पास गर्ने तयारी रहेको भन्दै उनले अगाडि भने, ‘सर्वसम्मतिबाट पीडितमैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेज अगाडि बढाएका छौं । यो हामी सबैका लागि खुसीको विषय हो ।’

ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उनले बताए । ऐनले आयोगलाई काम गर्न अनुकलता प्रदान गरेको भन्दै उनले अगाडि भने, ‘सहमतिका साथ प्रभावकारी आयोग बन्ने छन् । त्यसलाई सरकारको तर्फबाट पूराकापूरा सहयोग हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?