+
+

पोर्चुगलको घुम्ती शिविरमा ३ हजार ८२९ जनाले गरे राहदानी नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १७:५२

३० साउन, काठमाडौं । नेपालको राहदानी विभाग र फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासले पोर्चुगलको राजधानी लिस्बनमा गरेको राहदानी नवीकरण घुम्ती शिविरमा तीन हजार ८२९ जनाले सेवा लिएका छन् ।

२०२४ को २ अगस्टदेखि १३ अगस्टसम्म पोर्चुगलकामा सञ्चालित घुम्ती शिविरमा ३ हजार ८२९ नेपालीले राहदानी नवीकरण गराएका दूतावासले जनाएका छन् । जसमा १२१ नाबालक, ३ हजार ३८० नवीकरण र ३२८ हराएका सम्बन्धी राहदानी थिए । घुम्ती शिविरबाट ७ करोड २० बराबरको राजस्व संकलन फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी थिए । गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले कार्यक्रमको व्यवस्थापन गरेको थियो ।

पोर्चुगलमा भएका नेपालीहरुले राहादानी सम्बन्धी समस्या झेल्दै आएका थिए । दूतावासले छिट्टै अर्काे शिविर सञ्चालन गर्ने जनाएको छ । हाल पोर्चुगलमा ५० हजार भन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?