+
+

शाह र महरको खण्डनः अनुशासन आयोगबाट कारबाही सिफारिस गरिएको सत्य होइन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १८:५०

३० साउन, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह र केन्द्रीय सदस्य ऐन महरले आफूहरुलाई पार्टीको अनुशासन आयोगबाट कारबाही सिफारिस नभएको बताएका छन् ।

अनलाइनखबरमा प्रकाशित समाचारको खण्डन गर्दै शाह र महरले अनुशासन आयोगका उपाध्यक्ष (नेत्रप्रसाद पन्थी) को भनाईलाई आधार मान्दै कारबाही सिफारिस नभएको बताएका छन् । समाचारको खण्डनमा शाह र महरले अरु प्रमाण समेत पेश गरेका छन् ।

आफूसँग नाम जोडिएको महिलाले एमाले केन्द्रीय कार्यालय र प्रेस काउन्सिल गएर आफू पीडित नभएको निवेदन दिएको शाहले उल्लेख छन् । ‘उहाँले (ती महिला) दुई वर्षअघि पत्रकार सम्मेलन र फेसबुकमार्फत आफ्नो टिकटक आइडी ह्याक गरेर कसैले पुरपुरुषसँग फोटो जोडेर भिडियो सामग्री पोष्ट गरेकाले दोषीमाथि आवश्यक कारबाही होस् भनी सार्वजनिक आह्वान समेत गर्नुभएको यहाँहरुलाई विदितै छ’, शाहले लेखेका छन् ।

शाहले जस्तै महरले पनि ती महिलाले पार्टी अध्यक्ष (केपी शर्मा ओली) लाई भेटेरै सार्वजनिक रुपमा उठेका विषयबारे प्रष्ट पारिसकेको बताएका छन् ।

‘उक्त विषय निज महिला स्वयंले पार्टी अध्यक्षलाई भेटी मिडियामा उठेका वा कोही कसैमार्फत् आरोप लगाएका विषय कपोलकल्पित, भ्रामक, असत्य हुन् भनी स्पष्ट पारेको र पार्टीले पनि यो विषयमा मलाई निर्दोष साबित गर्दै निरुपण गरिसकेको अवस्था हो’, महरले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?