+
+

‘लाज शरणम्’बाट धुर्मुसको कमब्याकबारे के भन्छन् जिग्री ब्रो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १३:५९

काठमाडौं । ‘सक्किगो नि’ टिभी सिरियलको टोली यतिबेला कथानक फिल्म ‘लाज शरणम्’को निर्माणमा जुटेको छ । भदौदेखि छायांकन तयारीमा रहेको यो फिल्म कास्टिङलाई लिएर चर्चामा छ ।

सिरियलका लगभग सबैजना कलाकारदेखि अहिले घरेलु फिल्ममा चल्तीका अनुहार यसमा छन् । विजय बराल, रेणु योगी, अर्पण थापा, महेश त्रिपाठी, प्रशान्त ताम्राकार पनि फिल्ममा छन् ।

कलाकार यतिबेला फिल्मको वर्कसपमा व्यस्त छन् । यस्तोमा सीताराम कट्टेल ‘धुर्मुस’ पनि कलाकारको रुपमा फिल्ममा जोडिन लागेको चर्चा गर्माएको छ । युरोप घुमघाममा व्यस्त धुर्मुस फर्किएपछि फिल्ममा जोडिने हल्ला छ ।

यसबारे औपचारिक पुष्टि नभए पनि निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ले धुर्मुस फिल्ममा जोडिन सक्ने सम्भावनातर्फ संकेत गरे । ‘दाइसँग हामीले यसबारे छलफल गरेका हौं । उहाँ आउनुभयो भने त हाम्रा लागि राम्रो हुन्थ्यो’ जिग्री ब्रोले भने, ‘हामीले उहाँलाई ल्याउन कुराकानी गरेका छौं । यसबारे निधो भइसकेको छैन ।’

निर्देशक समेत रहेका जिग्री ब्रोले धुर्मुसको सम्भावित सहभागितालाई अस्वीकार भने गरेनन् । यसको अर्थ फिल्ममा धुर्मुस देखिने सम्भावना पनि छ । यदि कुरा ठीकठाक भयो भने चार वर्षपछि फिल्ममा धुर्मुसको कमब्याक हुनेछ । धुर्मुसले पनि यसबारे केही बताएका छैनन् ।

धुर्मुस पछिल्लो समय फिल्म ‘सेन्टी भाइरस’मा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?