+
+

साफ यू-२० च्याम्पियनसिप : प्रतियोगिता आउन ३ दिन बाँकी, मैदानकै टुंगो छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १६:१०

३१ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप प्रतियोगिता हुन ३ दिनमात्रै बाँकी हुँदा पनि खेल हुने मैदानबारे अझै टुंगो लागेको छैन । खेल भदौ २ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको तयारी पूरा भए पनि मैदानको टुंगो नलागेको बताएको हो । एन्फाले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश शाहले म्याच कमिसनर आएर बिहीबार साँझ निरीक्षण गरेपछि मात्रै प्रतियोगिता हुने स्थानको टुंगो लाग्ने बताएका हुन् ।

साफ यू२-० च्याम्पियनसिप दशरथ रंगशालामा हुने तय थियो । तर एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच मंगलबार दशरथ रंगशालामा भएको खेलपछि म‌ैदान हिलाम्मे बनेकोले चौतर्फी आलोचना खेप्नुपर्‍यो ।

प्रवक्ता शाहले मैदान हिलाम्मे भएसँगै रंगशालामा साफ यू-२० च्याम्पियनसिपका खेल पनि अन्योल बनेको बताए । ‘हामीले दशरथ रंगशालामा टुर्नामेन्ट हुन्छ कि हुँदैन भनेका छैनौं । निर्णय भाछैन । म्याच कमिसनर आएर हेरेपछि हुने नहुने थाहा हुन्छ’, उनले भने ।

दशरथ रंगशालामा खेल नहुने भए विकल्पमा एन्फा कम्प्लेक्स पनि राखिएको प्रवक्ता शाहले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । च्यालेन्ज लिगकोखेलपछि म्याच कमिस्नरले यो खेल हेरेको जानकारी गराउँदै वैकल्पिक भेन्यु खोज्न भनेको र दशरथ रंगशालाको विकल्पमा एन्फा कम्प्लेक्स सातदोबाटो रहेको उनको भनाइ छ ।

साफ यू-२० च्याम्पियनसिपमा दक्षिण एसियाका पाकिस्तान बाहेक ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित श्रीलंका र बंगलादेश समूह ए मा छ भने भारत, भुटान र माल्दिभ्स समूह बीमा छन् ।

एन्फाले साफ २० मा सहभागी टिमलाई अभ्यासका लागि भद्रकालीस्थित आर्मीको म‌ैदान र लगनखेलको मैदान रहेको प्रवक्ता शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?