+
+

आठ वर्षपछि आज एकल साँझमा गुञ्जिंदै रामकृष्ण ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते ११:५०
फाइल तस्वीर

काठमाडौं । गायक रामकृष्ण ढकाल आज (शुक्रबार) एकल साँझमा गुञ्जिंदैछन् । नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको आयोजनामा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा हुने कार्यक्रममा उनले आफ्ना लोकप्रिय २० वटा गीत लाइभ ब्यान्डमा गाउनेछन् ।

‘मेलोडियस अफ द सोल : एन इभेन्ट विथ रामकृष्ण ढकाल’ नाममा हुने एकल कन्सर्टलाई साधना कला केन्द्रले व्यवस्थापन गर्दैछ । एकल साँझमा रामकृष्णलाई गायिका टीका प्रसाईंले युगल गायनमा साथ दिनेछन् । उक्त कार्यक्रममा टीकाले पनि केही गीतमा सोलो प्रस्तुति दिने रामकृष्णले बताए ।

‘यो कार्यक्रम एउटा सामाजिक अभियानका साथ सम्पन्न गर्न लागिएको हुँदा म सँगसँगै मेरो सम्पूर्ण टिम नै अझ बढी उत्साहित छौं,’ उनले भने । एकल साँझमा सात जना बाद्यवादकको टोलीले रामकृष्णलाई साथ दिनेछ ।

कार्यक्रममा हुने बिहान उठ्ने बित्तिकै, ओराली लागेको, चरीले त छाडेर, दैव तेरो, माया गर्नेको, बाचुन्जेलीलाईदेखि जलनसम्मका गीत प्रस्तुत गर्नेछन् ।

नेपाली संगीतका लोकप्रिय गायक रामकृष्ण करिब आठ वर्षअघि एकल साँझमा प्रस्तुत हुन लागेका हुन् । २०७३ सालमा विन्दबासिनी म्युजिक प्रालिको आयोजनामा प्रज्ञा भवनमा ‘रामकृष्ण ढकाल एकल साँझ’ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?