+

एभरेष्ट महिला भलिबल लिगको खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

२०८१ साउन  ३२ गते २१:०० २०८१ साउन ३२ गते २१:००
एभरेष्ट महिला भलिबल लिगको खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक

३२ साउन, काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) को टोलीको खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक भएको छ ।

नेपाल भलिबल संघसँगको सहकार्यमा इन्फिनिटी ड्रिम्सले आयोजना गर्न लागेको लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछ । आयोजकले शुक्रबार प्रेसर लिजमार्फत सहभागि ६ टोलीको नेपाली खेलाडीको सूची र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ ।

पहिलो संस्करणमा काठमाडौं, ललितपुर, चितवन, गण्डकी, मधेश र कर्णालीको फ्रेन्चाइज टोली सहभागि छन् । मधेश र चितवनले आफ्नो नाम समेत सार्वजनिक गरिसकेको छ । मधेश युनाइटेड र चिनवत शक्ति नामाकरण गरिएको छ । आयोजकले यसअघि नै सहभागि ६ वटै टोलीको मार्की प्लेअर सार्वजनिक गरिसकेको छ ।

राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही चितवन शक्तिको मार्की प्लेअर छिन् भने सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीको मार्की प्लेअर छन् ।

शुक्रबार मार्की सहित हरेक टिमको ८-८ नेपाली खेलाडी र प्रशिक्षकको नाम घोषणा भएको छ । प्रत्येक टोलीमा कूल १२ जना खेलाडी हुनेछन् । जसमा अब हरेक टोलीले ३ विदेशी खेलाडी राख्न पाउनेछन् भने एक खेलाडी स्थानिय ट्यालेन्ट हन्टमार्फत राख्नुपर्नेछ । विदेशी खेलाडी र ट्यालेन्टहन्ट मार्फत खेलाडी राखेपछि टिम पूर्ण हुनेछ ।

मार्कीसहित खेलाडीला२ तीन क्याटेगोरीमा छुट्याएर ड्राफ्ट गरिएको हो । जसमा क्याटेगोरी ए अन्तर्गत मार्की प्लेअर मात्र छन् । उनीहरुले नगद १ लाख ५० हजार पाउनेछन् ।

यस्तै क्याटेगोरी बी बाट हरेक टिममा ४-४ तथा क्याटेगोरी सी बाट ३-३ खेलाडी समावेश छन् । क्याटेगोरी बी का खेलाडीले नगद १ लाख र क्याटेगोरी सी का खेलाडीले नगद ५० हजार पाउनेछन् ।

 

कुन टिममा कुन खेलाडी?

टिम गण्डकी : सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बी’, लक्ष्मी चन्द ‘बी’, रिमा कुँवर ‘बी’, कविता भट्ट ‘बी’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’

प्रशिक्षक : रुपेश कुमार विष्ट

 

टिम काठमाडौं :उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बी’, कोपिला राना ‘बी’, कमला पुन ‘बी’, उषा विष्ट ‘बी’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’

प्रशिक्षक : जगदीश प्रसाद भट्ट

 

मधेश युनाइटेड: निरुता ठगुन्ना ‘ए’, पुजा थारु ‘बी’, संगम महतो ‘बी’, शान्ति तामाङ ‘बी’, हिरा केसी ‘सी’, आशिक क्षेत्री ‘सी’, एलिशा मानन्धर ‘सी’

प्रशिक्षक : भरत यादव

 

टिम ललितपुर : सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बी’, कामना विष्ट ‘बी’, सफिया पुन ‘बी’, निशा चौधरी ‘बी’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’

प्रशिक्षक: उत्सव खड्का

 

टिम कर्णाली : सुमित्रा रेग्मी ‘ए’, मिना सुनार ‘बी’, मनिषा चौधरी ‘बी’, यमुना रसाइली ‘बी’, सुनिता राई ‘बी’, सृष्टि खड्गी ‘सी’, गरिमा बोहोरा ‘सी’, पशुपति बोहोरा ‘सी’

प्रशिक्षक : कुमार राई

 

चितवन शक्ति: अरुणा शाही ‘ए’, सलिना बुढा मगर ‘बी’, जेनिशा विश्वकर्मा ‘बी’, एन्जिला प्रधान ‘बी’, सुनिता खड्का ‘बी’, भावना डाँगी ‘सी’, वाल्मिका आचार्य ‘सी’, सरस्वती कट्टेल’सी’

प्रशिक्षक : अर्जुन घिमिरे

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय