+
+

इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूहले टुंग्यायो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १०:००

१ भदौ, काठमाडौं । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एशोसिएसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाएको छ ।

भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । त्यसका लागि लोकतान्त्रिक समूहले चितवन निवासी इञ्जिनियर सुवास चन्द्र बराललाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ ।

बराल नेतृत्वको प्यानलमा प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिवको उम्मेदवार छन् । यसैगरी उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल उम्मेदवार छन् ।

लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको बरालले बताए ।

अध्यक्षका उमेदवार बराल दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै महासचिव पदका उम्मेदवार पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् ।

इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो ।

लोकतान्त्रिक समूहको प्यानल 

अध्यक्ष : इ.सुवास चन्द्र बराल

उपाध्यक्ष : इ.प्रकाश केसी

महासचिव : इ.विनोद प्रकाश पण्डित

उपमहासचिव : इ.अनिल मानन्धर

कोषाध्यक्ष : इ.सुमन थापा

सहकोषाध्यक्ष : इ.कृष्णप्रसाद पोखरेल

सदस्यहरु : इ.यम कृष्ण पौडेल

 इ.प्रभुराम पोखरेल

इ.एमेन्द्र गुरुङ्ग

इ.अनिल पौडेल

इ.संजय कुमार साह

इ.नेत्र प्रसाद देवकोटा

इ.भैरव धिताल

इ.सुजन श्रेष्ठ

 इ.लोकेन्द्र अधिकारी

इ.विक्रम कुमार दास

इ.प्रियंका गुप्ता र

इ.जय किसुन राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?