+
+

राजेश हमाल र सरोज खनाल फिल्ममा पुनः सँगै देखिने पक्का

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १७:५५

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा कलाकारको रोचक लाइनअप तयार भैरहेको छ ।

अहिलेसम्म निर्माताले तीनजना कलाकार फाइनल गरेका छन् जसमा राजेश हमाल, नीति शाह र सनिशा भट्टराई छन् । यो सूचीमा पाका अभिनेता सरोज खनाल पनि थपिएका छन् ।

शनिबार सार्वजनिक कास्टिङअनुसार खनाल र डेब्यु कलाकारको रुपमा दीपा शाही फिल्ममा जोडिएका हुन् । निर्माण्ता र उनीहरुबीच लिखित सम्झौता भइसकेको छ ।

उनीहरुको भूमिकाबारे खुलाइएको छैन । यो फिल्मबाट ८ वर्षपछि अभिनेता हमाल फिल्ममा फर्किंदैछन् । हमालको कमब्याकबारे चर्चा भैरहेको बेला उनीसँग सरोज खनाल पनि एउटै फिल्ममा देखिने कुराले फ्यान उत्साही हुने पक्का छ ।

पछिल्लोपटक हमाल र खनालले फिल्म ‘तडक्’मा सँगै काम गरेका थिए ।

‘क्याप्टेन’पछि भट्टराई निर्देशित फिल्ममा अभिनेता खनालको यो दोस्रो सहकार्य हो । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म भदौदेखि छायांकनमा जाने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?