
२ भदौ, काठमाडौं । एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेकोमा आज १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि साउन ३० गते सुनको भाउमा १ लाख ५० हजार ५ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।
चाँदीको भाउ भने तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७४० रुपैयाँ रहेको चाँदी आज १७६० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4