+
+

प्रधानमन्त्रीलाई भेट गर्न नपाएको वामदेवको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १५:१४

२ भदौं, काठमाडौं। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले आफूले प्रधानमन्त्रीसहित सरकारका माथिल्लो तहका व्यक्तिहरुसँग भेट गर्न नपाएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभामा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘एउटा विषयमा ध्यानाकर्षण गराउनको निम्ति आएको हुँ। सरकारका प्रमुख व्यक्तिहरुसित पनि कुरा हुने विषय हो यो । तर, मैले समय पाउँदिन् सरकारका माथिल्लो तहका प्रधानमन्त्रीहरुसित भेट गर्न पाउँदिन । त्यसो भएर आज मैले राष्ट्रिय सभालाई गुहारेको छु’ सम्बोधनको सुरुमै सांसद गौतमले भने ।

सांसद गौतमले प्रधानमन्त्रीलाई भेटेर सुनाउन चाहेको विषय हो– गिट्टी र बालुवा बिना सडक बनाउन सकिने इजरायलदका राजदुतले दिएको सल्लाह लागू गर्नका निम्ति आग्रह गर्ने ।

गौतमका अनुसार २०७३/०७४ सालतिर इजरायलदका राजदुत विष्णु पौडेलको घरमा भेट गर्न पुगेका थिए । उक्त भेटमा गौतम पनि थिए ।

उनका अनुसार त्यसबेला इजरायली राजदूतले भनेका थए, ‘हामीले धेरै समयको खर्च गरेर, बैज्ञानिकहरुको प्रयोग गरेर बिटुमिन (अलकत्रा)को ठाउँका अर्को केमिकलको विकास गरेका छौं । तपाईंहरुको जस्तो भूगोल भएका मुलुकहरुमा बाटो निर्माण गर्नको निम्ति ठूलो मद्धत गर्न सक्छ र त्यो सयौं वर्षसम्म बिग्रिन्न, भत्किन्न । गिटी पनि चाहिन्न, बालुवा पनि चाहिन्न ।’

उक्त ‘केमिकल माटोमा जति ठाउँसम्म जान्छ चट्टान जस्तो भएर बस्छ’ भनेर इजरायली राजदूतले भनेको र ‘यसको निम्ति प्रधानमन्त्रीसँग कुरा गरेर पठाइदिनसुहोस्’ भनेको स्मरण गरे ।

नेपालमा जति प्राकृतिक घटना घट्छन् पहिले नै गर्नुपर्ने काममा कसैको पनि ध्यान नगएको उनको भनाइ छ। बहुदल आएपछि, त्यो भन्दा अगाडि पंचायत र पंचायत भन्दा पहिले पनि कसैको ध्यान विपद् पूर्व तयारीमा जान नसक्दा समस्या भएको उनले बताए ।

इजरायली राजदूतले सुझाए अनुसार नेपालमा उक्त केमिकल ल्याउन सरकारलाई उनको आग्रह छ ।

‘त्यो केमिकल ल्याउन सकियो भने नेपालको पहाड सुरक्षित हुन्छ । यस सम्बन्धमा इजरायका राजदूतलाई बोलाएर पराष्ट्रमन्त्रीले, प्रधानमन्त्रीले बोलाएर छलफल गुर्नपर्यो’ सांसद गौतमको आग्रह छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?