+
+

खानेपानीको पाइप लिक हुँदा बानेश्वरमा सडक भासियो (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ भदौ २ गते १८:००

२ भदौ, काठमाडौं। काठमाडौंको बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईका अनुसार सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो ।

‘सानो भ्वाङ देखिए पनि सडकमुनि खाली ठाउँ धेरै नै रहेछ। बेलैमा नदेखिएको भए ठूलो दुर्घटना पनि हुनसक्थ्यो । अहिले हामी जेसबी प्रयोग गरेर भ्वाङ खोल्दैछौं । त्यसपछि सडक पुनः निर्माण हुन्छ,’ भट्टराईले अनलाइनखबरसँग भने ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?