+
+

माओवादीको सर्कुलर : सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १८:४०

२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउनसक्ने भन्दै पार्टी कमिटीहरुलाई सर्कुलर गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले आइतबार सर्कुलर जारी गरेका हुन्, जसमा स्थायी समिति बैठकका प्रचण्डले वर्तमान परिस्थिति, भावी दिशा र कार्यक्रमबारे राखेका धारणाहरुलाई बुँदागत रुपमा समावेश छ ।

कांग्रेस र एमालेले मध्यरातमा गरेको सहमति सुशसनको अभियाानलाई अवरुद्ध गर्न र मुलुकलाई २०४७ सालतिर फर्काउन भएको उनको दाबी छ । दुई दलको सहमति पश्चगामी कदम भएको भन्दै उनले संसदमा सशक्त भूमिका प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।

‘सदनमा खबरदारीका बाबजुद पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टाचारको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकलाई ध्यानमा राख्नुपर्ने देखिन्छ’, सर्कुलरमा उल्लेख छ ।

बैठकमा उठेका प्रश्हरुको जवाफ दिने क्रममा प्रचण्डले कतिपय नेताहरुको भनाइ सञ्चार मध्यमहरु आउँदा पार्टीलाई गम्भीर क्षति हुने उल्लेख गरेका छन् । स्थायी समिति बैठकमा उपमहासचिव जर्नादन शर्माले राखेको लिखित मत बाहिरिएको थियो ।

त्यसतर्फ संकेत गर्दै प्रचण्डले बैठकमा पार्टी कमिटीका हरेक कुरा सार्वजनिक गर्नु पार्टीको सामान्य मूल्य मान्यताको गम्भीर उल्लंघन हुने बताएका हुन् । ‘अतः आगामी दिनमा त्यस प्रकारका कार्यहरू हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन सवै कमरेडहरूप्रति हार्दिक आग्रह सहित वैठकको समापन गर्नुभयो’, आइतबारको सर्कुलरमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?