+
+

नाचघरमा आजदेखि गाईजात्रा महोत्सव, तस्वीरमा हेर्नुस् ‘एकासीको गाईजात्रा’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १३:१४

काठमाडौं । राजधानीमा गाईजात्राका कार्यक्रम सुरु भएका छन् । ‘एकासीको गाईजात्रा’ नामक हास्यव्यंग्य कार्यक्रम आइतबार बेलुकादेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।

गाईजात्रा महोत्सव २०८१ सोमबारदेखि राष्ट्रिय नाचघर जमलमा सुरु हुँदैछ । ‘गाईजात्रा महोत्सव २०८१’ पनि सोमबारदेखि राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो कार्यक्रममा धुर्मुस-सुन्तली, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, पल्पसा डंगोल, जोगिन्दर, खबपु लगायतले प्रस्तुति दिने भएका छन् ।

ब्राण्डवर्थ प्रालिको आयोजनामा ‘एकासीको गाईजात्रा’ सात दिनसम्म चल्नेछ । यसमा हास्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, चक्र दवाडी, यमन श्रेष्ठ, सुवोध गौतम, मेक्सम गौडेल, सजन श्रेष्ठ, सीता न्यौपाने, प्रभात लामा, प्रकृति गिरी र माड्सापको प्रस्तुति रहनेछ । होस्टको रुपमा रीमा विश्वकर्मा छिन् ।

हास्य कलाकार गजुरेलले गाईजात्रा पर्व वा हास्य कलाकारको आर्थोपार्जनको एउटा अवसर मात्र नभएर लामो समयदेखि चलिरहेको नेपालको अर्गानिक संस्कृतिको संरक्षण रहेको बताए ।

गाईजात्रा कार्यक्रम राम्रा प्रतिभा जन्मिने प्लाटफर्म रहेको उनले बताए । ‘एकासीको गाईजात्रा’मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको मिमिक्री पनि प्रस्तुत गरिएको छ ।

‘म बेरोजगारीले सताएको बादल हुँ । मिटरब्याजीले बजाएको मादल हुँ । सहकारी काण्डले तर्साएको पोको हुँ । नक्कली शरणार्थी काण्ड पर्सिएको बोको हुँ,’ गजुरेलले प्रस्तुतिको क्रममा भने ।

एकासीको गाईजात्रा’का केही तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?