+
+

एक महिनामा साढे ८ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १६:५०

३ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार यो महिना ‘अटोमेटिक रुट’ बाट ५ अर्ब ९७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ५९ उद्योग दर्ता भएको देखिएको छ ।

अटोमेटिक रुटबाट ३१ उद्योग दर्ता भएको देखिएको छ । साउनसम्मको तथ्यांक अनुसार ५ खर्ब २० अर्ब रुपैयाँ बराबर एफडीआई नेपाल भित्रिएको छ ।

साउनमा दर्ता भएका विदेशी लगानीका उद्योगमध्ये ५७ साना उद्योग छन् । दुई ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको देखिएको छ । यसरी आएको लगानी प्रतिबद्धतामध्ये ठूलो अंश पर्यटनमा छ । पर्यटनमा कुल ४० उद्योग दर्ता भएको छ । जुन कुल दर्ताको ६० प्रतिशत हो ।

त्यस्तै सेवा क्षेत्र १२, उत्पादन ३, सूचना–प्रविधि २ र कृषिमा २ उद्योग दर्ता भएको देखिएको छ । साउनमा ४९ करोड ९४ लाख रुपैयाँ बराबर रोयल्टी विदेशी लगानीकर्ताले लगेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एफडीआई प्रतिबद्धता झन्डै दोब्बरले वृद्धि भएको थियो । उद्योग विभागका अनुसार एक वर्ष अवधिमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो । अघिल्लो आव २०७९/८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँ बराबर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?