+
+

दुबईमा ‘सीएनए अनर अवार्ड’ वितरण, कलाकारको प्रस्तुतिमा रमाए नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १४:४७

काठमाडौं । गायक प्रताप दास, अभिनेता पल शाह सहितका कलाकारले यूएईको दुबईका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गरेका छन् । स्थानीय बरदुबईस्थित क्लब एसके सेभेनमा कलाकारहरुको सांगीतिक प्रस्तुतिमा दुबईमा रहेका नेपालीहरु झुमे ।

सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेनमेन्टले आयोजना गरेको सीएनए इन्टरनेसनल अनर अवार्डमा सहभागी हुन कलाकारहरु यतिबेला दुबईमा छन् । शनिबार अवार्ड कार्यक्रमसहित म्युजिकल नाइटको आयोजना गरिएको थियो ।

प्रताप र पलका साथै गायिका रेखा शाह, लोकगायक सुवास खत्री, कलाकार रितेश पौडेल, गायक सुरज मानन्धर, मोडल दीपक घिमिरे, अर्जुन जिसी, फिल्म निर्देशक कमल एक्चै मगर, निर्देशक नितिन चन्द, कलाकार चन्द्र लामा र लीला केसी लगायतले अवार्ड प्राप्त गरे ।

प्रतापले पपुलर गायक र पलले पपुलर अभिनेताको अवार्ड पाए । हाइलाइट नेपालका प्रबन्धक जनक तामाङ र ओेएसआर डिजिटलका ओम अग्रवालले चलचित्रकर्मी डिजिटल वितरकको रुपमा अवार्ड लिए । दुबईमा बसेर नेपाली कला, साहित्य, शिक्षा र पर्यटन क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान समेत गरियो ।

कार्यक्रमले नेपाल-यूएईलाई जोड्नुका साथै नेपाली कला, साहित्य, फिल्म र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?