+
+

सिन्धुपाल्चोकमा सुक्खा पहिरो, प्रहरी भन्छ : इन्द्रावती नदी आंशिक थुनिएको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १७:३०

३ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुक्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उनले बताए ।

‘फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध भएर गाउँ वस्तीतिर समस्या गर्छ कि भन्ने हो, अहिलेकै अवस्था चाहिँ खतरामुक्त नै हो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली स्ट्याण्ड बाई छ ।’

आवश्यक परे विष्फोट गराएर भएपनि खोल्ने गरी तयारी अवस्थामा रहेको उनले बताए ।

नेपाली सेनाका अनुसार, पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको छ ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं। ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं। ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?