+

इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता बुधबारदेखि

२०८१ भदौ  ३ गते १७:३२ २०८१ भदौ ३ गते १७:३२
इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता बुधबारदेखि

३ भदौ, काठमाडौं । प्रथम उपत्यकाव्यापी अन्तर-कलेज इनडोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि  ८ गतेसम्म काठमाडौंको चुनिखेलमा हुने भएको छ । बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा रहेको रोयल स्पोर्ट्स पार्क खेल मैदानमा बुधबारदेखि खेल सुरु हुन लागेको हो ।

हाइपिटी इभेन्टले पहिलो पटक आयोजना गरेको प्रतियोगिता ३ तीन दिनसम्म चल्नेछ । प्रतियोगितामा ३२ कलेज सहभागी हुने आयोजक हाइपिटी इभेन्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । बुधबारबाट बिहान ८ बजेदेखि संचालन हुने खेलमा पहिलो खेल जुन लुम्बिनी र एभिएसबीच हुनेछ ।

आउटडोर क्रिकेट प्रतियोगितामा सहभागी हुन अवसर नपाएका विद्यार्थीहरु र उनीहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले खेल आयोजना गरिए हाइपिटीको भनाइ छ । प्रतियोगिता विजेता टिमले ५० हजार र उपविजेता टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर बलर र फिल्डरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

क्रिकेट प्रतियोगितामा सहभागी हुने टिमहरुः

एभिएस कलेज, सेन्ट जेभियर्स जावलाखेल, अर्बाना स्कूल अफ साइन्स, बूढानीलकण्ठ मावि, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, चाणक्य व्यावस्थापन क्याम्पस, सेन्ट लरेन्स कलेजनिम्स (नितेन मेमोरियल एचएस स्कूल)

ब्रिटिश मोडेल कलेज, जनप्रेमी विश्व विद्यालय, नेपालय कलेज, प्रयोगशाला कलेज,डीएभी कलेज ए, डीएभी कलेज बि, आदर्श नमुना विद्यालय, शिखर एकेडेमी, एलआरआइ कलेज, लुम्बिनी एकेडेमी, मनास्लु वर्ल्ड कलेज, एचआरआइटि कलेज ।

इनसाइट भिजन कलेज, ब्लूबर्ड कलेज, ओमेगा कलेज, गोल्डेनगेट कलेज, शिक्षान्तर कलेज, भिएस निकेतन कलेज तिनकुने, लिभरपुल कलेज र ग्लोबल कलेज अफ म्यानेजमेन्ट कलेज ।

इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय