+

एट्लेटिको मड्रिड र भियारियलले अंक बाँडे

२०८१ भदौ  ४ गते ७:३५ २०८१ भदौ ४ गते ७:३५
एट्लेटिको मड्रिड र भियारियलले अंक बाँडे

४ भदौ, काठमाडौं । स्पानिस ला लिगामा गएराति भएको खेलमा एट्लेटिको मड्रिड र भियारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु मैदानमा भियारियालले दुई पटक अग्रता लिए पनि कायम राख्न नसक्दा अंक बाँड्नुपरेको हो ।

खेलको १८औं मिनेटमा अर्नाउट डान्जुमाले गोल गर्दै भियारियललाई अग्रता दिलाएका थिए ।

तर दुई मिनेटमैपछि नै मार्कुस लरेन्टोले एन्टोइन ग्रिजमनको पासमा एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

त्यसपछि ३७औं मिनेटमा एट्लेटिकोका कोकेलेल आत्मघाती गोल गर्दा भियारियलले २-१ को अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा अलेजान्द्रो सोर्लोथले पाब्लो बारिसको पासमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल २-२ को बराबरीमा सकियो र दुवै टिमले समान एक अंक पाए ।

स्पानिस ला लिगाको नयाँ सिजनको पहिलो चरणको खेल सकिएको छ । जसमा बार्सिलोना, सेल्टा भिगो, रायो भालेकानो र रियल भाल्लाडोलिड गरी चार टोलीले मात्र जित हात पारेका थिए ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय