+
+

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ भदौ ४ गते १६:०१

४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकासहित नेवार समूदायको बसोबास रहेका ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।

तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका हुन् ।

नील हिरा समाजको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।

त्यसैक्रममा यसपालि पनि उनीहरु र उनीहरुको अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिको सहभागितामा काठमाडौंमा र्‍याली निकालिएको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडी पनि सहभागी भएका छन् ।

ठमेल सञ्चयकोष भवन अघिल्तिरबाट सुरु भएको र्‍याली वसन्तपुरमा गएर टुंगिएको थियो । र्‍यालीपछि सांगीतिक कार्यक्रमसमेत गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?