+

छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स रद्द

२०८१ भदौ  ५ गते ६:२५ २०८१ भदौ ५ गते ६:२५
छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स रद्द

५ भदौ, काठमाडौं । थाइल्यान्डमा आगामी नोभेम्बर २१ देखि ३० सम्म हुने तय भएको छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स रद्ध भएको छ ।

स्थानिय आयोजक कमिटीले सोमबारसम्म तोकिएको समयसिमाभित्र आवश्यक मापदण्ड अनुसार तयारी पूरा नगरिएकोले तत्कालका लागि एसियन इन्डोर एण्ड मार्शल आर्ट्स गेम रद्ध गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

एसियन इन्डोर मार्शल आर्ट गेम्स (एआईएमएजी) अर्गनाइजिङ कमिटीले गत मेमा बैंककमा भएको ४३औं ओसिए जनरल एसेमब्लीमा प्रतियोगिताको प्रगति विवरण पेस गरेको थियो । जहाँ तोकिएको समय (२०२४ जुलाईसम्म)मा सबै प्रक्रिया पूरा हुने जनाइएको थियो ।

तर, आयोजकको कमजोरीका कारण यो इन्डोर खेल मेला रद्दध नै गरिएको हो ।

छैटौं एसियन इन्डोर एण्ड मार्शल आर्ट गेम्स सन् २०२१ मै हुनुपर्ने थियो । तर, कोभिड महामारी र थाइल्यान्डमा भएको सरकार परिवर्तनका कारण पटकपटक मिति सरेको यो प्रतियोगिता २०२४ नोभेम्बर २१ देखि ३० सम्म गर्ने निर्णय भएको थियो ।

यसपटक पनि हुन नसक्ने भएपछि रद्द नै गरिएको हो ।

एसिएन इन्डोर एण्ड मार्शल आर्ट गेम्सका लागि नेपाल लगायत अन्य देशका खेलाडीहरुले तयारी गरिरहेका थिए ।

अगष्ट १५ मा बसेको ओसिएस कार्यकारी बोर्डको आकस्मिक बैठकले अगष्ट १९ सम्ममा आयोजक कमिटीले विभिन्न ९ बुँदाको चित्त बुझ्दो तयारी नगरेमा प्रतियोगिता नै रद्द गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

ओसिएको कार्यकारी समितिले साउदी अरेबियाको रियादमा सन् २०२६ मा हुने आगामी संस्करणपछि थाइल्यान्डले एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स आयोजना गर्न चाहेमा नियमित प्रक्रियाअनुसार दाबी पेस गर्न सकिने सर्वसम्मतिबाट निर्णय गरेको छ ।

मार्शल आर्टस्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय