+
+

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते ८:३९

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ ।

यसका साथै केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रम पनि बैठकका एजेन्डा रहेका छन् ।

निलम्बित महामन्त्री मुकुल ढकाललाई सोधिएको स्पष्टीकरण र उनले उल्टै पार्टी सभापति रवि लामिछानेलाई गरेका प्रतिप्रश्नबारे पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?