+
+

जेनिफर लोपेज र बेन एफलेकले दिए सम्बन्ध विच्छेदको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १३:०२

काठमाडौं । लामो समयदेखि छुट्टिएर चर्चामा रहेका हलिउड कलाकार जेनिफर लोपेज र बेन एफ्लेकले अन्ततः सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । दोस्रो विवाहको वर्षगाँठमा उनीहरुले काउन्टी सुपेरियर कोर्टमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेका हुन् ।

जेनिफर लोपेज र बेन एफ्लेक हलिउडका चर्चित जोडीमध्ये एक हुन् । दुई वर्षअघि सन् २०२२ मा उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । मिडिया रिपोर्टका अनुसार लोपेज र एफलेकले दुई पटक विवाह गरेका थिए र त्यो पनि एकै वर्षको लगातार दुई महिनामा ।

उनीहरुको पहिलो विवाह जुलाई २०२२ मा अमेरिकाको लस भेगासमा भएको बताइएको छ । यसपछि उनीहरुले अगस्ट २०२२ मा दोस्रो विवाह गरे । दुवैले २० अगस्ट  २०२२ मा जर्जियामा एक ठूलो समारोहमा फेरि विवाह गरे ।

बेनले दोस्रो पटक र जेनिफरले चौथो पटक सम्बन्ध विच्छेद गरिरहेकी छन् । डेली मेलका अनुसार यो जोडीले जुलाई २०२२ मा विवाह गर्नुअघि कुनै सम्झौता गरेको छैन ।

अदालतका कागजातले जेनिफरले न्यायाधीशलाई बेनका लागि पति–पत्नीको समर्थन अस्वीकार गर्न पनि अनुरोध गरेको खुलासा गरेको छ । टीएमजेडको रिपोर्टअनुसार जेनिफरले बेनसँग उनीहरूको आर्थिक समस्याको बीचमा सम्बन्ध विच्छेदको लागि निवेदन दायर गरेकी हुन् ।

निकट स्रोतका अनुसार दुईबीच केही महिनादेखि सहमतिका लागि बहस चलिरहेको थियो । जेनिफर र बेनले पनि धेरै पटक एकअर्कासँग बोलचाल सबै बन्द गरेका थिए । गत २ जुनपछि उनीहरुको संयुक्त तस्वीर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?