+
+

भ्रष्टाचारविरुद्ध सरकारमाथि दबाब बढाउन नागरिक समाजलाई रास्वपाले आह्वान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १४:१८

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुद्दामा सरकारलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्न नागरिक समाजलाई आह्वान गर्ने भएको छ ।

अनियमितताका प्रकरणमा नागरिक समाज मार्फत सरकारलाई दबाब दिन आह्वान गर्ने केन्द्रीय समितिको आज बसेको बैठकले निर्णय गरेको हो ।

भ्रष्टाचारको मुद्दामा हदम्याद, स्वार्थ बाझिने र असमावेशी मन्त्री नियुक्ति, शिक्षामा राजनीतिकरण लगायतका मुद्दामा नागरिक समाज मार्फत पनि दबाब आवश्यक रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

‘भ्रष्टचार मुद्दाको हदम्याद, अख्तियारले निजी क्षेत्रलाई हेर्ने, शिक्षामा दलीयकरण गर्ने, स्वार्थ बाझिनेलाई मन्त्री बनाउने काम भएको छ,’ झाले भने,‘यी मुद्दाहरुमा संगठित रुपमा विरोध गर्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद असमावेशी, विद्युत महशुल उठाउनका लागि सरकारले उदासिनता र आनाकानी गरिरहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । उनका अनुसार रास्वपाले अनियमितताका प्रकरणमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ ।

उनले भने, ‘नीतिगत भ्रष्टचारका सम्बन्धमा स्पष्ट नभएको र नीतिगत भ्रष्टचारका लागि ठाउँ बनाउँदै गएको पार्टीको निष्कर्ष रहेको बुर्लाकोटीले बताए। पार्टीले शसक्त आवाज उठाउनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?