+

हिमालयन गानादा फुटसल गोल्डकप भदौ २० र २१ मा हुने

२०८१ भदौ  ५ गते १४:२४ २०८१ भदौ ५ गते १४:२४
हिमालयन गानादा फुटसल गोल्डकप भदौ २० र २१ मा हुने

५ भदौ, काठमाडौं । हिमालयन फुटबल क्लब र गानादा एडुकेसनल कन्सलटेन्सीको संयुक्त आयोजनामा हिमालयन गानादा फुटसल गोल्ड कप २०८१ आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिता यही भदाै २० र २१ गते आयोजना हुने जानकारी गराएको छ ।

प्रतियोगिता चावहिल चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा खेलाइने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिए । यसअघि फुटबलको गोल्डकप धेरै हुँदै आईरहेको भन्दै कार्कीले फुटसलको यो पहिलो गोल्डकप भएको दावी गरे ।

प्रतियएितामा ३२ भन्दा बढी टिमहरुले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । भदौं १५ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । दुई दिन चल्ने फुटसल प्रतियोगितामा करिब ४ हजार दर्शक उपस्थित हुने आयोजकको विश्वास छ ।

यो खुल्ला प्रतियोगिता भएकोले सबै खाले खेलाडी र टिमले सहभागिता जनाउन सकिने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । फेयर प्ले टिमले २० हजार तथा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले समान १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताका लागि १२ हजार दर्ता शुल्क रहेको छ ।

प्रतियोगितामा करिब ८ लाख बजेट लाख्ने आयोजकले जनाएको छ । फुटसलको विकासमा केही सहयोग होस् र खेलाडीको विकासमा सहयोग होस् भनेर यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

यस प्रतियोगिताले खेलकुद र फुटसल क्षेत्रमा योगदान पुर्‍याउनुका साथै नयाँ खेलाडीहरुको प्रतिभा पहिचानमा महतवपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

धरान, पोखरा, चितवन, बुटवलबाट पनि यस प्रतियोगिता खेल्न टिम आउने आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिए । उपत्यका बाहिरबाट आउने टिमका लागि केही सहुलित दिने आयोजकले जनाएको छ ।

गानाडा फुटसल गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय