+
+

‘स्टार्टअप’ व्यापारमा सबै सहयोग गर्न सरकार तयार : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १५:३१
फाइल तस्वीर

५ भदौ, काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार ‘स्टार्टअप’ व्यापार अघि बढाउन सबै प्रकारको सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सबै सिर्जनशील युवालाई स्टार्टअप व्यापारका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे ।

उनले युवालाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्न पनि आग्रह गरे ।

अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुन आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

उनले अर्थतन्त्रमा विद्यमान समस्या एकेक केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र माग विस्तार, व्यापार घाटाको अन्त्य लगायत गतिविधिबाट अर्थतन्त्र सबल बनाउने बताए । पौडेलले अर्थतन्त्रका केही सूचक सकारात्मक बन्दै गएको पनि बताए ।

विनियोजित बजेट अधिकतम मात्रामा सही सदुपयोग गर्नतिर अग्रसर हुन उनले आग्रह गरे । आगामी दिनमा स्टार्टअप व्यापारले नयाँ उचाइ प्राप्त गर्ने उनको भनाइ थियो ।

यो सरकारको जिम्मेवारी सम्हालेको छोटो अवधिमा आमनागरिकमा सरकारप्रतिको विश्वास, सरकारले लिएका निर्णयप्रतिको विश्वास र सरकारले चाल्ने सम्भावित कदमप्रति आमनागरिकमा विश्वास जागृत हुँदै गएको उनले बताए ।

अर्थमन्त्री पौडेलले स्टार्टअप व्यापारमा सुरुमा सफलताभन्दा असफलता बढी हुने बताए । उनले स्टार्टअपका लागि आवश्यक कानुनी, संरचनागत प्रबन्ध समन्वयात्मक अघि बढाए सफल बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?