+
+

हर्बोका तत्कालीन प्रबन्ध निर्देशक पुष्पराज पुरुषसँग सहकारी समितिले गर्‍यो सोधपुछ

पूर्वगृहमन्त्री रवि लामिछानेलाई शुक्रबार सोधपुछ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १६:१०

६ भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तत्कालीन हर्बो इन्टरनेशनलका प्रबन्ध निर्देशक पुष्पराज पुरुष (पौडेल)सँग सोधपुछ गरेको छ ।

बिहीबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाएर ‘हाम्रो ग्रुप अफ कम्पनी’ का संस्थापक अध्यक्षसमेत रहेका तत्कालीन हर्बो इन्टरनेसनल प्रबन्ध निर्देशक पौडेलसँग समितिले सोधपुछ गरेको हो । राप्रपाका केन्द्रीय सदस्य तथा नेपाल सनातन हिन्दु धर्म संस्कृति संगठनका अध्यक्ष पनि हुन् ।

गत जेठ १५ गते प्रतिनिधि सभाले सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो ।

एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठित ७ सदस्यीय छानबिन समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्र प्रसाद बडू, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन् ।

सुरुमा कांग्रेसका तर्फबाट बन्द्री पाण्डे सदस्य थिए । पाण्डे मन्त्री भएपनि उनको ठाउँमा बडू समितिको सदस्य भएका हुन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग शुक्रबार सोधपुछ गर्दैछ ।

समितिका सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि लामिछानेलाई सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?