+
+

प्रधानमन्त्रीको स्पष्टोक्ति : भ्यु टावर होइन, दमकमा झापा ट्रेड सेन्टर बनेको हो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १७:२२

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा बनेको भ्यु टावरले प्रतिफल दिने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे प्रश्न गरकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भ्यु टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको बताए ।

‘दमकमा एउटा विजनेश कम्प्लेक्स बनेको छ । अलिक अग्लो रहेको छ । त्यसकारण त्यसलाई टावर र भ्यु टावर भने’ प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यो भ्यु टावर होइन । भ्यु टावर बनाउन अबौं खर्च कसैले गर्दैन, त्यो विजनेश कम्प्लेकस हो ।’

साढे सात रोपनीमा कम्प्लेक्स बनेको र त्यसमा ६ वटा लिफ्ट रहेको उल्लेख गर्दै उनले थपे, ‘हरेक तलामा विभिन्न प्रकारका विजनेश चल्न सक्छन् । हस्पिटल, होटल, आइटी पार्क बन्न सक्छन् ।’

यस्तो कप्लेक्स थाइल्याण्डमा, मलेसियामा समेत रहेको बताए । अमेरिकाले धेरै पहिले ट्वीन टावर बनाएको र त्यसलाई वल्ड ट्रेड सेन्टर भनेर बुझिने गरेको उल्लेख गर्दै उनले थपे, ‘दमकको लागि अहिले झापा ट्रेड सेन्टर भनेर बुझ्दा हुन्छ ।’

उक्त कम्प्लेक्सको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको पनि उनले जानकारी दिए । ४५ मिटरसम्म जग रहेको उल्लेख गर्दै उनले थपे, ‘ दह्रो बनाइएको छ । त्यसले सयौं वर्षसम्म प्रतिफल दिइरहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?