+
+

पशुमाथि निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया सुरु भइसक्यो : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १७:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएका छन् । पशुप्राणीलाई क्षमताभन्दा बढी भारी बोकाउने, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रूरतापूर्वक वध गर्ने जस्ता कार्यलाई मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाएको उनले बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद नागिना यादवले पशुहिंसा रोक्न के कस्तो पहल भइरहेको छ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०७६ बमोजिम पशु ढुवानी मापदण्ड-२०६४ र पशु कल्याण निर्देशिका-२०७३ जारी भई कार्यान्वनमा आएको बताए ।

‘पशुप्रति हुने निर्दयी व्यवहार रोक्न पशु कल्याणको क्षेत्रमा कार्य गर्न पशु सेवा विभाग अन्तर्गत एक कार्यालय स्थापना गर्नेगरी संगठन तथा व्यवस्थापन सर्वेक्षण अगाडि बढाइएको छ,’ उनले भने ।

पशुप्राणीमाथि हुने कुनैपनि हिंसा बिरुद्ध कडा भन्दा कडा कानुन बनाउनुपर्ने सरोकारवालाले आवाज उठाइरहेका छन् । सर्वोच्च अदालतले २०७५ माघ २८ गते नेपाल सरकारलाई पशु कल्याणका लागि तुरुन्तै कानुन बनाउन आदेश समेत दिएको थियो । तर अहिलेसम्म ऐन बनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?