+
+

स्वमूल्यांकन गुणस्तर परीक्षणमा धादिङका पालिका उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १०:४७

७ भदौ, काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा धादिङका पालिका उत्कृष्ट ठहरिएका छन् । स्वमूल्यांकनमा नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएका हुन् ।

शुक्रबार एक कार्यक्रमका बीच मन्त्रालयका सचिव भरतमणि सुवेदीले प्रतिवेदनसहित उच्च अंक प्राप्त गर्ने ३/३ वटा गाउँपालिका र नगरपालिकाको नाम सार्वजनिक गरेका हुन् । नगरपालिकामध्ये धादिङको नीलकण्ठ नगरपालिका पहिलो हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका छन् ।

गाउँपालिकामध्ये धाङको बेनिघाट रोराङ गाउँपालिका पहिलो, समान अङ्क पाएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका तेस्रो भएका छन् । उनीहरुलाई मन्त्रालयले पुरस्कृत गरेको छ ।

उच्चतम अंक पाएका पहिलो भएका  गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले स्वमूल्यांकनको विषयमा आ–आफ्ना अनुभव तथा सिकाइबारे बताएका थिए । सामान्य प्रशासन सचिव सुवेदीले स्थानीय तहहरुले संस्थागत क्षमता स्वमूल्यांकनमार्फत शासकीय अभ्यासमा देखाएको अग्रसरताले सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय र सुशासनमा थप टेवा पुग्ने बताए ।

राज्यको शासकीय ईकाईको रुपमा अभ्यास गरिरहेका स्थानीय तहले संस्थागत क्षमताको नतिजालाई वस्तुनिष्ठ बनाउँदै सुधार र परिस्कृत हुने गरी कााम गर्नुपर्ने उनको भनाइ थियो । स्थानीय सरकारको कार्यसम्पादनलाई नतिजामुखी बनाउन मन्त्रालयले संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने पनि उनले बताए ।

हालको कार्यविधिअनुसार विभिन्न दश वटा शीर्षकमा मूल्यांकन गर्छन् । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था छ ।

स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूको पहिचान गर्न सरकारले यो प्रणाली विकास गरेको हो ।

यसले पालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र जवाफदेही बनाउने अपेक्षा गरिन्छ । यसबाट अन्य पालिकासँग पनि प्रतिस्पर्धात्मक क्षमताको विकास हुने ठानेर सरकारले नतिजालाई सार्वजनिक गर्न बाध्य पारेको छ ।

सबै पालिकाको समान अस्तित्वलाई स्वमूल्यांकन पद्धतिले आत्मसात् गरेको अधिकारीहरु बताउँछन् । स्थानीय नागरिकहरूलाई समेत सम्बन्धित स्थानीय तहको अवस्थाका बारे जानकारी दिन नतिजा महत्वपूर्ण मानिन्छ ।

उत्कृष्ट ठहरिएका पालिकालाई बिहीबार मन्त्रालयमा प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन आर्थिक वर्ष ०७६/७७ बाट सुरु गरे पनि गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको पहिलोपटक हो ।

कसले कति अंक पाए भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?