+

मिर्गौला स्वस्थ राख्ने १६ प्राकृतिक उपाय

२०८१ भदौ  ७ गते १७:१७ २०८१ भदौ ७ गते १७:१७
मिर्गौला स्वस्थ राख्ने १६ प्राकृतिक उपाय

अस्वस्थकर खानपान, बदलिंदो जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला रोगी पनि बढिरहेका छन् । मिर्गौलालाई कसरी स्वस्थ राख्ने भन्ने अहिले धेरैलाई चिन्ताको विषय बनेको छ ।

यी १६ कुराको पालना गरे मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ ।

१. पर्याप्त पानी पिउनुहोस्

मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिएर हाइड्रेटेड रहनुपर्छ । पानीले शरीरमा भएका विजातीय द्रव्यहरुलाई पिसाबको माध्यमबाट शरीरबाहिर निकाल्न सहयोग गर्छ । त्यसैले विषाक्त पदार्थलाई प्रभावकारी रूपमा शरीरबाट बाहिर निकाल्न दैनिक ८-१० गिलास पानी पिउनुहोस् ।

२. मिर्गौलामैत्री खानेकुरा खानुहोस्

मिर्गौला स्वस्थ राख्न रक्तचाप नबढाउने, अक्सिडेटिभ स्ट्रेसबाट मिर्गौलालाई जोगाउने र पत्थरी हुन नदिने खानेकुरा खानुपर्ने हुन्छ । ताजा फलफूल तथा तरकारीको सेवनले मिर्गौलालाई अक्सिडेटिभ तनावबाट जोगाउन सहयोग गर्छ भने तारे-भुटेको, बोतल र बट्टामा बन्द तयारी खानेकुरा, उच्च तेल र कार्बोहाइड्रेटयुक्त प्रशोधित खानेकुराले मिर्गौलालाई अक्सिडेटिभ स्ट्रेस दिन्छ ।

यसैगरी मिर्गौला स्वस्थ राख्न नुन लगायत रक्तचाप बढाउने खानेकुरामा पनि नियन्त्रण गर्न आवश्यक छ । अक्ज्यालेटयुक्त खानेकुराको सेवनले पत्थरी हुने हुँदा यस्ता खानेकुराबाट टाढै रहनुपर्छ ।

३. तौल नियन्त्रण गर्नुहोस्

अधिक तौल वा मोटोपन हुँदा रक्तचाप बढ्ने, इन्सुलिन प्रतिरोधात्मक क्षमता बढ्ने र टाइप-२ मधुमेह विकास हुने गर्छ । यी अवस्थाले मिर्गौलामा तनाव पुग्छ र ग्लोमेरुलारहरूलाई क्षतिग्रस्त बनाउँछ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्न र तौल नियन्त्रण गर्न योग गर्ने हिंड्ने, पौडी खेल्ने वा साइकल चलाउने जस्ता गतिविधिका साथै खानामा क्यालोरी कटौती गरी तौल कम गर्नुपर्छ ।

४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुहोस्

रगतमा चिनीको मात्रा अनियन्त्रित भए कालान्तरमा मिर्गौलामा हानि पुग्छ ।

५. रक्तचाप निगरानी गर्नुहोस्

मिर्गौलालाई क्षति पुर्‍याउने प्रमुख कारणमध्ये उच्च रक्तचापको नाम अग्रपंक्तिमा आउँछ । उच्च रक्तचाप नियन्त्रित नभए कालान्तरमा मिर्गौला अस्वस्थ हुन पुग्छ ।

६. प्रोटिनको सेवन सीमित गर्नुहोस्

उच्च प्रोटिनयुक्त खानेकुरा, विशेषगरी रातो मासु र जनावरबाट प्राप्त प्रोटिन, तेलमा तारे–भुटेको प्रोटिनयुक्त खानेकुराले मिर्गौलालाई क्षति पुर्‍याउँछ । यसर्थ प्रोटिनको चयन गर्दा जनावरबाट प्राप्त हुने भन्दा वनस्पतिबाट प्राप्त हुने प्रोटिनको चयन गर्नु राम्रो हुन्छ ।

७. प्रशोधित खानेकुरा नखानुहोस्

प्रशोधित खानेकुरामा प्रायः सोडियम, अस्वस्थकर बोसो र मिर्गौलालाई हानि गर्ने रङ तथा खाद्य संरक्षकहरू हालिने हुँदा मिर्गौला चाँडै क्षतिग्रस्त हुनसक्छ ।

८. धुम्रपान छोड्नुहोस्

धुम्रपानको धुवाँमा निहित निकोटिन र कार्बन मोनोअक्साइड तत्वले मिर्गौलाको रक्त प्रवाह कम गरी क्षति पुर्‍याउँछ ।

९. रक्सी नखाएकै राम्रो

मदिराको सेवनले डिहाइड्रेसन र रक्तचाप बढाई मिर्गौलालाई क्षतिग्रस्त बनाउन सक्छ ।

१०. औषधिको प्रयोगमा सजगता अपनाउनुहोस्

दुखाइ कम गर्ने नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्स, (ब्रफ्रेन, नेप्रोक्सेन, सिटामोल), उच्च रक्तचापको औषधि, पिसाब धेरै लगाउने हाइड्रोक्लोरोथायजाइड, फुरोसेमाइड जस्ता औषधि, ग्यास्ट्रिकको औषधि, केही एन्टिबडी लगायत अन्य औषधिहरूले पनि मिर्गौलालाई क्षति पुर्‍याउन सक्छन् । त्यसैले औषधि प्रयोग गर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ ।

११. जडीबुटीको प्रयोग

पुनर्नवा, तुलसी, सिस्नो, बेसार टुकीफूल अश्वगन्धा जस्ता जडीबुटीको चिया वा काँडाको सेवनले मिर्गौला स्वस्थ राख्न मद्दत गर्छ । तर जडीबुटीको सेवन गर्नुपूर्व चिकित्सकको सल्लाह लिन अति आवश्यक छ ।

१२. तनाव व्यवस्थापन गर्नुहोस्

मिर्गौला स्वस्थ राख्न तनाव, चिन्ता, भय, उदासीनता, नैराश्यता जस्ता मानसिक समस्याबाट बच्नुपर्ने हुन्छ । तनाव कम गर्न योगासन, ध्यान, प्राणायाम गर्ने, पर्यास्त सुत्ने र शारीरिक रूपले सक्रिय हुनुपर्छ ।

१३. पर्याप्त निद्रा लिनुहोस्

निद्राको अवस्थामा शरीरले आफूलाई मर्मत गर्ने र पुनर्ताजगी गर्ने गर्छ । निद्रा पर्याप्त नहुँदा शरीरको प्राकृतिक मर्मत प्रक्रियामा बाधा पुग्नुका साथै अक्सिडेटिभ तनाव र ईन्फ्लेमेसन बढ्छ । साथै अनिद्राले रक्तचाप बढाउनुका साथै ग्लुकोजलाई समेत असर गर्छ । जसकारण मिर्गौलामा तनाव बढ्न गई कमजोर हुन पुग्छ ।

१४. अर्गानिक खानेकुरा खानुहोस्

कीटनाशक र रासायनिक मल हालेर गरिएको कृषि उत्पादनमा मिर्गौलालाई हानि पुर्‍याउने धेरै तत्व छन्, जसले अक्सिडेटिभ स्ट्रेस र ईन्फ्लामेसन गराएर मिर्गौलालाई क्षति पुर्‍याउन सक्छ । त्यसैले मिर्गौला बचाउन अर्गानिक तरिकाले उत्पादन गरिएको खानेकुरा खानुपर्छ ।

१५. वातावरणीय विषहरूबाट जोगिनुहोस्

मिर्गौलालाई क्षति पुर्‍याउन सक्ने वातावरणीय विषहरु जस्तै कीटनाशक औषधि, भारी धातु र कठोर रसायनको समागमले मिर्गौलालाई क्षतिग्रस्त बनाउने हुँदा यिनीहरुको संसर्गबाट बच्नुपर्छ ।

१६. बेलाबेलामा मिर्गौला परीक्षण गर्नुहोस्

नियमित मिर्गौलाको परीक्षणले समस्यालाई प्रारम्भिक अवस्थामै पत्ता लगाई बेलैमा उपचार गर्न मद्दत गर्छ ।

(कोइराला वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक हुन् ।)

डा. हेमराज कोइराला मिर्गौला स्वास्थ्य
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?