
कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु
९ भदौ, कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद झोलाभित्र माटो र माटो मुनि एउटा भाँडो भेटिएको जानकारी दिए ।
आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।
स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो । ‘सेनाको टोलीले शंकास्पद झोला खोतल्दा माटोभित्र भाँडो पाइयो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बोहराले भने । टिफिन बक्स जस्तो देखिने त्यस भाँडोबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4