+
+

मिस्टर नेपाल २०२४ को उपाधि सन्तोष लोक्समलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १२:०३

काठमाडौं । मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि सन्तोष लोक्समले जितेका छन् । शनिबार राती होटल सोल्टीमा आयोजित ग्राण्ड फिनालेमा उनले पुरुष सौन्दर्य प्रतियोगिताको प्रतिष्ठित घरेलु संस्करणको उपाधि जिते ।

विजेता बनेसँंगै लोक्समले नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । साथै उनले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् ।

योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल घोषित भए । म्यान अफ द वर्ल्ड आयुष दुलाल घोषित भए । आदेश प्रधान फस्ट रनरअप, आयुष बमजन सेकेन्ड रनरअप बने ।

प्रतियोगितामा विभिन्न सहविधाको समेत विजेता घोषणा गरियो । जसमा आयुष बमजन मस्ट पपुलर, पब्लिक च्वाइस आदेश प्रधान, बेस्ट पर्सनालिटी आयुष दुलाल, मिस्ट ट्यालेन्टेड पिन्टु सन्याल, फोटोजेनिक योगेश श्रेष्ठ, इन्टलेक्चुअल साकार बजिमय, फिजिक मनोज गुरुङ घोषित भए ।

म्यान विथ एलिगेन्स सन्तोष लोक्सम, मस्ट एक्टिभ प्रकाश चौहान, मेन च्वाइस पियूष श्रेष्ठ, बेस्ट स्किन समीर तिमल्सिना, बेस्ट हेयर अनिकेश प्रजापति, फेसनिस्टा सिजल कपाली, स्टाइल आइकन अग्रज श्रेष्ठ र बेस्ट स्पोर्टसम्यानसिप सहविधामा मनोज गुरुङ विजेता घोषित भए ।

फिनालेमा नीति शाह, नम्रता श्रेष्ठ, टीकाराम बुढाथोकी, रुपक घिमिरे, राजुभाई सुवाल, माल्भिका सुब्बा र सन्दीप पोखरेल जजको रुपमा सहभागि थिए । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?