+

आर्सनललाई जोगाउने डेबिड रायाको उत्कृष्ट बचाउ

२०८१ भदौ  ९ गते १२:४३ २०८१ भदौ ९ गते १२:४३
आर्सनललाई जोगाउने डेबिड रायाको उत्कृष्ट बचाउ

९ भदौ, काठमाडौं । लण्डन क्लब आर्सनलले गएराति प्रिमियर लिगमा एस्टन भिल्लालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । भिल्लापार्कमा भएको खेलमा लियोन्ड्रो ट्रोसार्ड र थोमस पार्टेले दोस्रो हाफमा गरेको गोलमा आर्सनलले ३ अंक जोड्न सफल भयो ।

पछिल्लो दुई सिजन च्याम्पियन म्यानचेष्टर सिटीभन्दा पछि रहँदै उपाधिबाट बन्चित भएको आर्सनलले नयाँ सिजनको सुरुवातमै महत्वपूर्ण जित हासिल गरेको हो । गतसिजनमा उपाधि होडमा रहँदा दुवै खेलमा एस्टल भिल्लासँग पराजित भएकाले पनि आर्सनलका लागि यो जित महत्वपूर्ण बनेको हो ।

डिसेम्बरमा भिल्ला पार्कमा भएको खेलमा आर्सनल एस्टन भिल्लासँग पराजित भएको थियो । यस्तै मध्य अप्रिलमा घरेलु मैदान एमिरेट्स स्टेडियममै भएको खेलमा एस्टन भिल्लासँग २-० ले पराजित भएपछि आर्सनलको गत सिजन उपाधि जित्ने सम्भावना सकिएको थियो ।

यस पटक सिजनको पहिलो खेलमा आर्सनलले एस्टन भिल्ला विरुद्ध अवे मैदानमै २-० को जित निकाल्यो । यसमा आर्सनलले संयमित भएर खेल्यो । जसमा भाग्य र चमक क्षणको मिश्रण पनि थियो ।

सबैभन्दा सम्झनलायक क्षण भनेको आर्सनलका गोलकिपर डेभिड रायले एस्टन भिल्लाका फरवार्ड ओली वाटकिन्सको प्रहारलाई उत्कृष्ट बचाउ गरे । जतिबेर खेल गोलरहित बराबरीमा चलिरहेको थियो । त्यो नै खेलको निर्णायक क्षण साबित भयो ।

इंग्ल्याण्डका अन्तरिम म्यानेजर लि कार्सलेको अगाडि वाट्किन्सले गोल गर्ने केही अवसर गुमाए । उनले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । ५४औं मिनेटमा उनले गोलका लागि आफ्नो पालो आएका सोचेका थिए ।

एस्टन भिलल्का अमादोउ ओनानाको प्रहार आर्सनलका गाब्रिएललाई लाग्दै बारमा लागेर पर्केपछि वाटकिन्सले डाइभिङ हेड हानेका थिए । तर आर्सनलका किपर रायले डाइभ हान्दै उत्कृष्ट बचाउ गरे ।

रायले छिटो निर्णय लिँदै एक हातले उत्कृष्ट बचाउ गरे । खेलपछि रायले भने, ‘सबै हिरो हो किनकी हामीले सँगै काम गरेका छौँ । बल सेभ मैले मात्र गरेको होइन । गोलरहित बराबरीका लागि त्यो खेलको महत्वपूर्ण क्षण थियो । उनीहरुलाई अवसर थियो र म त्यहाँ थिएँ ।’

उनले वाटकिन्स त्यहाँ आइरहेको देखेर चाँडै निर्णय लिइहालेको बताए । यस्तो अवस्थामा वाटकिन्सले गोल गर्नुपर्ने थिए । तर रायको उत्कृष्ट बचाउको अघि उनको केही लागेन ।

त्यसमा खेलले अर्को मोड लियो । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले खेलाडी परिवर्तन गरेपछि गोल पनि निस्कियो । उनले ६५औं मिनेटमा गाब्रीएल मार्टिनेलीको स्थानमा लियोन्ड्रो ट्रोसार्डलाई मैदान पठाएका थिए । ट्रोसार्डले त्यसको दुई मिनेटपछि नै गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

त्यसको दश मिनेटपछि अर्थात् ७७औं मिनेटमा थोमस पार्टेले बुकायो साकाको पासमा आर्सनलका लागि दोस्रो गोल गरे ।

आर्सनल डेबिड राया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय