+
+

सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १५:०६

९ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ ।
कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि तीन लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । विन नेपाल, उपकार, आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । थ्रीस्टार हाइड्रोपावरको ९.९, धौलागिरि लघुवित्तको ८.१, गुराँस लघुवित्तको ७.२, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.९, सप्तकोशी विकास बैंकको ६.९ तथा समाज लघुवित्तको मूल्य ६.८ प्रतिशत बढ्यो ।

मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत घट्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.९, मेन्छियाम हाइड्रोपावरको ७, सेन्ट्रल फाइनान्सको ७, साइन रेसुङ्गा विकास बैंकको ६.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा अपी पावर, हिमालयन रिइन्स्योरेन्स, साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?