+

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

२०८१ भदौ  १० गते ६:५४ २०८१ भदौ १० गते ६:५४
प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

१० भदौ, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको छ । नयाँ सिजन लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो ।

घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलका लागि लुइस डियाज र मोहमद सालाहले गोल गरे ।

खेलको १३औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

डियाजकै असिस्टमा सालाहले ७०औं मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गरे ।

नयाँ सिजन लिभरपुलसहित साविक विजेता म्यानचेष्टर सिटी, ब्राइटन र आर्सनलले मात्र शतप्रतिशत खेल जितेका छन् । चारै टोलीको समान ६ अंक छ । तर गोलअन्तरमा सिटी शीर्ष स्थानमा छ ।

ब्राइटन दोस्रो र आर्सनल तेस्रो स्थानमा रहँदा लिभरपुल चौथो स्थानमा उक्लेको छ ।

 

प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय